आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

१२ करोडमा बिक्यो आलुको तस्विर

सोमबार, ११ माघ २०७२, १८ : ४७
सोमबार, ११ माघ २०७२

चर्चित आइरिस फोटोग्राफर केविन अबोसले सन् २०१० मा खिचेको एउटा आलुको तस्विर १ मिलियन युरोमा बिक्री भएको छ । युरोपका एक व्यापारी उक्त आलुको तस्विर खरिद गरेका हुन् । ती व्यापारीको नाम नखुलाइए पनि उनी केविनको प्रशंसक रहेको बताइएको छ । कालो परिदृश्यमा पोट्रेट फोटोग्राफीका लागि केविन चिनिन्छ । उनले लिएको आलुको तस्विर पनि त्यही प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५ नाम दिइएको छ । केविनको स्टुडियोका एक कर्मचारीका अनुसार उनलाई आलु निकै मन पर्छ । त्यही भएर उनले विभिन्न आलुहरुको तस्विर लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा मनपर्ने तस्विर हो । केविन बिजनेस र शो बिजनेसका चर्चित व्यक्तिका लागि स्टाटस सिम्बोल नै बनेका छन् । उनले चर्चित व्यक्तित्वहरुको फोटो खिचेका छन् जसमा गुगल चेयरम्यान एरिक स्मिथ, ट्वीटरका ज्याक डोर्सी, कला क्षेत्रबाट जोनी डेप, स्टीवन स्पिल्सवर्ग लगातका तस्विरहरु खिचेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप