आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिको केन्द्रीय परिषद्मा पूर्व माओवादीहरु थपियो : संख्या ५७ पुग्यो

मङ्गलबार, १२ माघ २०७२, ०९ : ४६
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं – बाबुराम भट्टराईको संयोजकत्वमा आइतबार घोषणा भएको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्मा थप २२ जना थप गरिएको छ । राजधानीको अल्फबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरि ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् घोषणा गरिएको थियो । दुई दिन पछि थप २२ जना सदस्य थप गरेपछि केन्द्रीय परिषद्को संख्या ५७ पुगेको छ । थप भएका अधिकांश पूर्व माओवादी रहेका छन् । केन्द्रीय परिषद्को संख्या २ सय ६५ सदस्यीय रहेन बताइएको छ । एकीकृत माओवादी र सांसद पद त्यागको चार महिनापछि भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद् घोषणा गरेका हुन् । चैत्रको अन्तिमतिर राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने गरी राष्ट्रिय परिषद् घोषणा गरिएको हो । यस्तो छ थप सदस्यहरुको सूचि

१.    कर्णध्वज केसी    - प्यूठान २    कलामुद्दीन राइन्    - महोत्तरी ३    कल्पना धमला        - धादिङ ४    कुमार पौडेल    - सप्तरी ५    कृष्ण शर्मा    - काठमाडौं ६    खिमलाल देवकोटा    - कास्की ७    गंगा श्रेष्ठ    - सिन्धुली ८    चिनक कुर्मी    - नवलपरासी ९    ठाकुर चापागाईं    - नवलपरासी १०    देवेन्द्र पराजुली    - लम्जुङ ११    नवराज सुवेदी    - प्यूठान १२    भक्तबहादुर शाह    - जाजरकोट १३    डा. भोगेन्द्र झा    - धनुषा १४    महेन्द्र पासवान    - सिराहा १५    राजेन्द्र किराती    - संखुवासभा १६    रामकुमार शर्मा    - महोत्तरी १७    रामरिजन यादव    - सिराहा १८    लिला भण्डारी    - कैलाली १९    वलावती शर्मा    - बाग्लुङ २०    वामदेव क्षेत्री    - रुपन्देही २१    सुशीला सिरपाइली    - अर्घाखाँची २२    सोनामसिंह स्याङतान    - मकवानपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप