नयाँ शक्तिको दोस्रो सूचिमा पनि परिनन् हिसिला यमी
काठमाडौं – नयाँ शक्ति नेपालले मंगलवार दोस्रो सूचि जारी गर्दा पनि पूर्व माओवादी नेतृ हिसिला यमी परेकी छैनिन् । यसले नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्मा हिसिला नरहने करिव–करिव निश्चत भएको छ । पहिलो चरणको आइतवारी जारी गरिएको सूचिमा पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई संयोजक थिए भने देवेन्द्र पौडेल र रामचन्द्र झा नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद्का सदस्य थिए ।
त्यसदिन नयाँ अनुहार देखाउने भनेर अन्य ३२ जना पूर्व माअोवादीबाहेकका अन्य व्यक्तिलाई अन्तरिम केन्द्रीय परिषद्मा राखिएको थियो । मंगलवार पूर्व माओवादीका केन्द्रयि तहका सवै नेता परिषद् सदस्यमा समेटिदा पनि यमीको नाम परेन ।
उनी भन्दा जुनियरहरुको नाम भने परेको छ । ‘हिसिलाको नाम अन्तरिम परिषद्मा नआउने सम्भावना छ’ स्रोतले भन्यो । नयाँ शक्ति नेपालले २६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाउने घोषणा गरेको छ । मंगलवारसम्म समिति ५७ सदस्य बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण