सडकबाट : लोकसेवा शिक्षकको टिप्स : घोकेरमात्र लोकसेवा पास भइन्न
मङ्गलबार, १२ माघ २०७२, १४ : ०९
टोकराज पाण्डे, लोकसेवा शिक्षक
पछिल्लो समयमा लोकसेवाप्रति युवाहरुको आकर्षण बढ्दो छ । केही वर्ष यता लोकसेवामा भिँड्ने विद्यार्थी संख्याको अनुपातले देखाएको कुरा हो । हरेक वर्ष प्रतिस्पर्धाको रेखा लम्बिँदै गएको हामीले पाएका छौँ । उसो त लोकसेवा जितेर जागिर खानु चानचुने कुरा होइन । अझ पहिलो पटक तयारी गर्नेहरुका लागि त फलामको चिउरा चपाए जत्तिकै मुस्किल हुने अनुभव कक्षामा विद्यार्थीहरुले सुनाउँछन् । हुन त सजिलो के छ ? कडा मेहनत नगरी लोकसेवाको परीक्षा नदिँदा पनि हुन्छ । लरोतरो तयारीले पास हुन सकिन्न । डटेरै लाग्ने हो भने त्यति गाह्रो कुरा पनि होइन । कति विद्यार्थीले लोकसेवामा असाध्यै चासो र रहर देखाउँदा देखाउँदै पनि हरेक पटक फेल हुन्छन् । इच्छा शक्तिले मात्र पनि परिक्षा कटाउन सकिन्न । पढ्ने कुराहरु धेरै नै हुन्छन् तसर्थ पढ्न जान्नुपर्छ । बढी समय पनि दिनुपर्छ । औसतमा दैनिक ४ देखि ५ घण्टासम्म पढ्नैपर्छ नत्र पढेर भ्याइँदैन । अर्को कुरा पढाइमा निकै लगाव हुनु आवश्यक छ । बाध्यात्मकारी हिसाबले पढ्नु हुँदैन । रमाइलो मानेर पढ्नुपर्छ । रमाइलो मानिएन भने बीचैमा पढाइ छोँडौ–छोडौँ लाग्ने पनि हुन जान्छ । पढ्ने कुराहरु धेरै हुने हुँदा अलि अनुभवि शिक्षकहरुले सिफरिस गरेका किताबहरु मात्र पढौँ नत्र आवस्यक कुराहरु छुट्न सक्छन् । त्यस्तै सरसर्ती पढ्ने मात्र होइन पढ्दै–लेख्दै गर्ने बानी बसालेमा तयारी प्रभावकारी बन्न सक्दछ ।
बेद भण्डारी, लोकसेवा शिक्षक
केहि वर्ष यता लोकसेवामा भिँड्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको देखिएको छ । पछिल्ला केहि वर्षहरुमा भन्दा यस वर्षका लोकसेवा तयारी कक्षाहरुमा बढ्दो विद्यार्थी संख्याले पुष्टि गरिरहेको छ । यसलाई राम्रै मान्नुपर्दछ, युवाहरुले स्वदेशमै केहि गर्ने चासो देखाएका छन् । लोकसेवा सोचेजस्तो सहज त छैन तर यसप्रतिको लगाव र झुकाव बढाउन सकिएमा पास गर्न सकिन्छ । कति विद्यार्थी कडाभन्दा कडा मेहनत गरेर तयारी गरिरहँदा पनि पास हुन सक्दैनन् कोही कम मेहनतमा पनि एकै पटकमा पास भएका थुप्रै उदाहरणहरु छन् । यसको एउटै कारण हो पढ्ने तरिका । तरिका मिलाएर पढ्नु पर्दछ । अन्धाधुन्धमा तयारी गरेर हुने कुरै होइन । पढ्दा जहिलेपनि सुत्रहरु बनाएर पढ्नुपर्दछ । दिनहुँ ३ देखि ४ घण्टा समय निकाल्नै पर्छ पढ्ने कुराहरु धेरै हुन्छन् । विभिन्न फर्मयाटहरु बनाएर पढ्दा पनि तयारी प्रभाकारी बन्दछ । मरिमेटेर घोक्दै पढेर मात्र पनि हुँदैन पढेका कुराहरुलाइ चिन्तन–मनन गर्नु पनि पर्दछ । फुर्सद पाउने बित्तिकै पढेका कुराहरुलाइ मस्तिष्कमा खेलाउनु पर्दछ यसो गर्नाले पढेका कुराहरु विर्सिंदैन दिमागमा सेट भइरहन्छन् । सँधै सकरात्मक हुुनुपर्दछ । पढ्दै भविष्यमा पास भइ कार्यालयबाट सेवाग्राहीहरुलाइ सेवा गरिरहेको भिज्वलाइज गर्ने । यसो गर्नाले भित्रैबाट पढ्ने इच्छाशक्ति पलाएर आउँछ । प्रभावकारी तयारीमा अझ सघाउ पुग्छ ।
तोयानाथ अधिकारी, लोकसेवा शिक्षक
लोकसेवा निस्पक्ष प्रतिस्प्रधा हो भन्ने जनविश्वासका कारण पनि होला यसप्रतिको चासो बढिरहेको छ । लोकसेवामा भिँड्नेहरुमा विदेशबाट फर्किनेहरुदेखि लिएर निजी संस्थाहरुमा गरिरहेको जागिर त्याग्नेहरुसम्मका विद्यार्थीहरु छन् । लोकसेवा रहर र करको भरमा मात्र तयारी गर्दैमा पास हुन सकिने कुरा होइन । निकै गाह्रो छ । धेरैजसो विद्यार्थीहरु घोकाइतर्फ केन्द्रित हुन्छन् । घोकेर मात्र हुँदैन विषयहरु मजाले पढेर बुझेर तयारी गर्दा राम्रो हुन्छ । एक –एक कुराहरु केलाएर पढ्नुपर्दछ । लरोतरो हिसावमा पढ्न थालियो भने जतिपटक परीक्षा दिए पनि पास भइँदैन । तयारी गर्दा जहिलेपनि एउटै स्रोतमा भर पर्नु पनि भएन अहिले मल्टीमिडियाको जमाना छ तयारी गर्न सजिलो छ । धेरै स्रोतहरु जुटाएर पढ्दा सकस कम र बढि प्रभावकारी हुन्छ । लगातार पढेर मात्र हुँदैन बेलाबखतमा आफैले आफ्नो परीक्षा लिनु पर्दछ । केहि प्रश्नहरु तयार पार्ने अनि जवाफ लेख्ने । त्यस्तै परीक्षा तयारी पढ्ने भनदा लेख्ने बानी बढी प्रभावकारी हुन्छ । १ घण्टा पढ्ने ३ घण्टा लेख्ने गर्नुपर्दछ । पढ्दै–लेख्दै गरेका कुरा कहिल्यै बिर्सिदैन । बढी पढ्दैमा बढी प्रभावकारी हुने हल्ला पनि गलत हुन् । दैनिक कति पढ्ने भन्ने कुरा त क्षमतामा भर पर्ने कुरा हो । सबैको क्षमता समान हुँदैन । कोही एक घण्टाको तयारीमा पनि पास हुन्छन् कसैलाइ दैनिक दश घण्टाको तयारीले पनि पुग्दैन । तसर्थ आफ्नो क्षमता पहिचान गरेर परीक्षा तयारी गरे फलदायी होला ।
प्र्रस्तुती स् फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण