रबाडाको घातक बलिङ सामु इंग्ल्याण्ड निरिह
सेन्चुरियन – कागिसो रबाडाले घातक बलिङ गर्दै दोस्रो इनिङमा इंग्ल्याण्डका ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई चौंथो तथा अन्तिम टेस्टमा २ सय ८० रनको भारी अन्तरले पराजित गरेको छ । जीतका लागि ३ सय ८१ रनको लक्ष्य पाएको इंग्ल्याण्ड रबाडासामु निरिह बनेपछि १ सय १ रनमा सिमित बन्यो । इंग्ल्याण्डका पाँच खेलाडीमात्र दोहोरो अंकमा रन बटुल्न सक्यो । जेम्स टेलरले सर्वाधिक २४ रन बनाए भने जो रुटले २० रन बनाए । रबाडालाई मोर्न मोर्कलले ३ विकेट लिँदै राम्रो साथ दिए । यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिकाले ४ सय ७५ रन बनाएको थियो जसको प्रतिउत्तरमा इंग्ल्याण्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो इनिङमा ५ विकेटको २ सय ४८ रन बनाउँदै दक्षिण अफ्रिकाले आफ्नो इनिङ समाप्तिको घोषणा गरेको थियो । रबाडाले यसअघि पहिलो इनिङमा ७ विकेट लिएका थिए । उनले यस टेस्टमा कुल १३ विकेट लिँदै दक्षिण अफ्रिाका लागि एकै खेलमा १३ विकेट लिने तेस्रो खेलाडी बने । टेस्टमा दक्षिण अफ्रिकाका लागि उनीभन्दा राम्रो प्रदर्शन गर्ने मखया एनटिनीमात्र रहेका छन् । अन्तिम टेस्ट जितेपनि सिरिजमाथि भने इंग्ल्याण्डले २–१ ले कब्जा जमायो । रबाडा म्यान अफ द म्याच घोषित भए भने इंग्ल्याण्डका बेन स्टोक म्यान अफ द सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण