आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधन गर्ने सरकारको कदम चीनद्वारा स्वागत

मङ्गलबार, १२ माघ २०७२, १८ : ४५
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न व्यवस्थापिका संसद्ले पास गरेको नेपालको संविधानको पहिलो संशोधनलाई भारतले ‘सकारात्मक’ भनिरहँदा चीनले भने उक्त कदमको स्वागत गरेको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयकी प्रवक्ता हु चुन्यिङले सो कुरा बताएकी हुन् । ‘जनवरी २३ मा संसद्मा मधेसीहरुको अधिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी र निर्वाचनमा उनीहरुको अधिकार र चाँसो रक्षा गर्ने गरी नेपालको संसद्ले संविधानको पहिलो संशोधन पास गरेको छ । यसमा चीनको प्रतिक्रिया के छ ?’, भन्दै पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा चुन्यिङले नेपाल सरकार र सम्बन्ध पार्टीहरुको वार्ताको माध्यमबाट मतभेद अन्तय गर्न चालेको पछिल्लो कदमको स्वागत गरेको बताइन् । ‘चीनले नेपालको अवस्था राम्ररी नियालीरहेको छ र नेपाल सरकार र सम्बन्ध पार्टीहरुको वार्ताको माध्यमबाट मतभेद अन्तय गर्न चालेको पछिल्लो कदमको स्वागत गर्दछ ।’ उनले थप भनिन्, ‘मित्रवत छिमेकीको नाताले हामी नेपालका सबै राजनीतिक पार्टीहरुले देश र जनताको चाँसोलाई ध्यानमा राखेर वार्ता र छलफलको माध्यमबाट चाँडोभन्दा चाँडो मतभेदहरु अन्त्य गर्नेछन् ।’ उनले नेपालमा चाँडोभन्दा चाँडो राजनीतिक स्थायित्व कायम गरी भूकम्पपछिको पुनर्निर्माण र दीर्घकालिनक विकासमा अघि बढ्नेमा पनि आशा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप