आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोहली र बुमराह चम्केपछि पहिलो टी–२० मा भारत विजयी

मङ्गलबार, १२ माघ २०७२, १९ : १४
मङ्गलबार, १२ माघ २०७२

एडिलेड – विराट कोहली र टी–२० मा भारतका लागि पहिलो खेल खेलिरहेका जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले अस्ट्रेलियालाई पहिलो टी–२० खेलमा ३७ रनले पराजित गरेको छ । एडिलेड ओभलमा सम्पन्न सिरिजको पहिलो खेलमा टस जितेर अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भारतलाई ब्याटिङका लागि पठाए । तर, उनको निर्णय गलत साबित भयो । ओपनर रोहित शर्माले ३१ रन बनाउँदै भारतलाई राम्रो शुरुवात दिलाए । शिखर धवनलाई ५ रनमा गुमाएपनि त्यसपछि आएका विराट कोहलीले ७१ बलमा ९० रन बनाए । उनले त्यसक्रममा ९ चौका र दुई छक्का समेत प्रहार गरे । उनलाई उनलाई सुरेश रायनाले ४१ रन बनाउँदै साथ दिए भने महेन्द्र सिंह धोनीले ११ रन बनाए । भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको अस्ट्रेलियाले राम्रो शुरुवात गर्यो । एरोन फिन्चले ४४ रन र डेभिड वार्नरले १७ रन बनाउँदै अस्ट्रेलियाका लागि राम्रो शुरुवात दिलाए । तर, त्यसपछि भने अस्ट्रेलियाले लगातार विकेट गुमायो र म्याच हार्न पुग्यो । अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा समेटियो । अस्ट्रेलियाले १ सय ६० भन्दा माथि एक पटकमात्र रन पछ्याउन सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप