खुकुरी प्रहार गरेर फरार अभियुक्त पक्राउ
इटहरी – ज्यान मार्ने उद्योग लगायत बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका सुनसरी तरहराका मदन राइलार्इ पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको अभियोग लागेर फरार रहेका अभियुक्तहरुको खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय इटहरीले राई सर्वाजनिक गरेको हो । अपराधिक कृयाकलापहरूमा संलग्न रही ज्यान मार्ने अभियोग लागेर लामो समयदेखी फरार रहेका मदनलार्इ इलाका प्रहरी कार्यालय इटहरीको बिशेषा टोलीले सुनसरीको इटहरी उपमहानगरपालीका २४ तरहरा बाट पक्राउ गरेको थियो । गत वैशाख ३१ गते तरहराका २२ वर्षीय संजिव श्रेष्ठलाई ज्यान मार्ने मनसायले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका मदनलार्इ आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । पक्राउपछि अभियुक्तमाथि थप अनुशन्धान भइरहेको र उनलार्इ इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखीएको इटहरी प्रहरी प्रमुख डिएसपी ओम अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण