आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय सीमामा दुई दिन अझै कडा रहने, सवारीको पास अनिवार्य

मङ्गलबार, १२ माघ २०७२, १९ : ४७
मङ्गलबार, १२ माघ २०७२

जलेश्वर – भारतीय सीमानाकामा विगत केहि दिन देखिको कडा सुरक्षा जाँच भने अझै दुई दिन रहने भएको छ । अहिले भिठामोड,मधवापुर लगायतका नाकाबाट भारत प्रवेश गर्दा भारतीय सिमा सुरक्षा बलले चेकजाचमा कडाई गर्दै सवारी धनी अनुमतिपत्र, लाईसेन्स अनिवार्य चेक गरि मात्र प्रवेश गर्न दिएको छ । भारतीय गणतन्त्र दिवसको अवसरमा सुरक्षा व्यवस्था कडा बनाइएको र दुई दिन पछि पुनः पुर्ववत नै हुने सिमा सुरक्षा बलले जनाएको छ । साथै भिठामोड हुदै सबभन्दा नजिकको रेल्वे स्टेशन सितामढीसम्म २४ घण्टे पासको व्यवस्था रहेको भारतीय कस्टम अधिकारीले जनाएका छन । उनको भनाई अनुसार भारत प्रवेश पास पहिले देखि नै अनिवार्य रहेपनि नेपाल र भारतको सुमधुर नाताका कारण सो कार्यन्वयन हुन नसकेको हो तर यस्को फाईदा आपराधिक तत्वहरुले उठाउने गरेकोमा सो नियन्त्रण गर्न पासको व्यवस्था कार्यन्वयन गर्न निर्देशन आएको हो । ‘यो हामी सबैको सवारीको सुरक्षाको लागि नै भएकोले आत्तिनु पर्ने कुनै आवश्यकता छैन,’ भिठामोड कस्टमका एक अधिकारी बताउँछन् । उनको अनुसार पास लिन लाईसेन्स र सवारी धनी कागज देखाए कस्टम एन्ट्री गरेर तुरुन्तै २४ घण्टे पास दिइने छ । हाललाई सो कडाईका साथ लागु गर्न निर्देशन समेत नआएकोले आफु खुसी आउनेलाई पास दिने गरिएको तर नआउनेलाई हाल रोकटोक नरहेपनि छडकेमा पर्दा भने समस्या हुन सक्ने उनले थपे । यता मंगलवार विहान मात्रै ईन्धन लिन २५ जति खाली ट्यांकर भारत प्रवेश गरेको साथै भारतबाट नेपाल आउने माल सामानमा आफुहरुको कहिलेपनि अवरोध नगरेका मालवाहक गाडीहरु देखाउँदै भन्सार अधिकारी बताउँछन् । आजैबाट पुनः दुई दिन चलेर बन्द भएको सार्वजनिक यातायात समेत संचालनमा आएको छ भने भन्सारमा आन्दोलनकारीको शुन्य उपस्थितिले मालवाहक सवारीहरु निर्वाधरुपमा नेपाल भित्रिएको देखिन्छ । नाकाबाट टेन्ट हटेकोमा मोर्चाले सो नयाँ ढंगले निर्माण गर्न हटाइएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप