पौडी खेल्दा एकजना विद्यार्थीको मृत्यु
मङ्गलबार, १२ माघ २०७२, २२ : ३९
कावासोती - नवलपरासीको गैँडाकोट–१५ स्थित झराही खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो एकजना बिद्यार्थीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, रजहरका अनुसार चितवन रत्ननगर–८ बस्ने २१ वर्षीय सञ्जीवराज चालिसेको मृत्यु भएको छ । पौडी खेल्दा बेहोस भएका उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
उनले अक्सफोर्ड कलेज गैँडाकोटमा इन्जिनियरिङ् पढ्दै गरेको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका उनका साथीहरुलाई प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण