ऋतिक रोशन काण्डपछि म नेपालीबाट मधेसी बनेँ – सिके राउत
काठमाडौं – स्वतन्त्र मधेस अभियानमा लागेका डा. सिके राउतले आफू सन् २००० को डिसेम्बरमा महिनामा भएको ऋतिक रोशन काण्डपछि नेपालीबाट मधेसी बनेको बताएका छन् । आफूलाई सच्चा नेपाली ठान्ने राउतले त्यस घटनापछि भने आफ्नो विचार बदलिएको बताएका हुन् । ‘ऋतिक रोशन काण्डअघि म आफूलाई सच्चा नेपाली ठान्थे । तर, त्यो घटनाले भने मलाई नेपालीबाट मधेसी बनायो,’ भारतीय मिडिया हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा राउतले भनेका छन्, ‘ऋतिक रोशनले दिएको कथित नेपालविरोधी अभिव्यक्तिपछि नेपालमा दंगा शुरु भयो जसमा मधेसीलाई निशाना बनाइयो । (पछि ऋतिकले आफूले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्टिकरण दिए) म त्यतिबेला काठमाडौंमा इन्जिनियरिङको विद्यार्थी थिएँ र जाडो बिदामा बसिरहेको थिएँ ।’ राउतले उक्त घटनामा मधेसीहरुलाई कुटिएको र घरसमेत जलाइएको देखेको बताए । ‘यसमा म पनि मेरो एकजना नजिकको साथीहरुबाटै पीडित बनेँ,’ उनले भने, ‘सो घटनाले मलाई मेरो पहिचान र राष्ट्रियता खोज्न बाध्य बनायो । म आफूलाई नेपालको लागि मर्न तयार रहेको ठान्थें जबकी म नेपाली नै रहेनछु ।’ यस काण्डपछि आफू भारतमा आध्यात्मिक भ्रमणका लागि गएको र त्यहीँबाट आफ्नो पहिचानबाट भाग्न नहुने कुराको बोध भएको राउतले अन्तर्वार्तामा बताएका छन् । ‘यो मेरो जीवनको निर्णायक मोड थियो जसपछि म स्वतन्त्रताको वकालत गर्ने भएँ ।’ राउतले मधेसी जनताको दुःख र पीडाका कारणनै क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेर अमेरिकामा हजारौं डलर कमाउन सक्ने हुँदाहुँदै पनि नेपाल फर्किएको बताए । ‘जब मानिस भौतिक इच्छाहरुबाट माथि उठ्छ ऊ व्यक्तिगत र पारिवारिक आवश्यताभन्दा माथि हेर्न थाल्छ,’ राउतले भनेका छन् । राउतले अधिकांश मधेसी जनता अब स्वतन्त्र मधेसको पक्षमा रहेको दाबी गर्दै यसका लागि जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । ‘यदी जनमत संग्रहमा जनताले स्वतन्त्र मधेसको अवधारणालाई अस्वीकार गर्छन् भने त्यसलाई पनि म स्वीकार गर्छु,’ उनले अन्तर्वार्तामा भनेका छन् । २५ वर्षको अन्तरालमा ३० वटा देश स्वतन्त्र बनेको इतिहास सुनाउँदै राउतले नेपालबाट मधेस स्वतन्त्र हुनु असम्भव नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण