बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, १३ माघ २०७२, ११ : ०३
विराटनगर– यात्रुवाहक बसको ठक्करबाट मङ्गलबार बेलुकी एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अमृत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर–४ स्थित पिपलचौंक मार्गमा को१५प ६९६६ नम्बरको मोटरसाइकलमा चढेर दक्षिणबाट उत्तरतर्फ गइरहेको बेला विपरीत दिशाबाट आएका नम्बर नखुलेको बसले उनलाई ठक्कर दिएको थियो । गम्भीर अवस्थामा घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण