आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

बुधबार, १३ माघ २०७२, ११ : ०५
बुधबार, १३ माघ २०७२

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स बिग्रिएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।

केन्द्रसँग रहेको एम्बुलेन्स चार महिनादेखि बिग्रिएर थन्किएपछि बिरामीलाई उपचारमा समस्या परेको हो । गम्भीर प्रकृतिका बिरामीलाई केन्द्रले अन्यत्र सिफारिस गरेपछि उपचारका लागि अन्यत्र लैजाने व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दा मार्कामा परेका हुन् ।

एम्बुलेन्स मर्मतका लागि केन्द्रसँग आवश्यक बजेट नभएको र बारम्बार मर्मत गर्दा समेत एम्बुलेस बिग्रिने गरेकाले सञ्चालनमा ल्याउन नसकेको केन्द्रका मेडिकल अधिकृत वसन्त कार्कीले बताए । जनस्वास्थ्य कार्यालयमार्फत नयाँ एम्बुलेन्सका लागि पहल गर्दै आए पनि हालसम्म नयाँ एम्बुलेन्स नपाउँदा बिरामी मर्कामा पर्दै आएका छन् । एम्बुलेन्सको व्यवस्था नभएपछि भारतीय निजी सवारीसाधनलाई चर्को भाडा तिरेर यहाँका बासिन्दाले बिरामीलाई उपचारका लागि अन्यत्र लैजाँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप