आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

निकुञ्जले फरार अभियुक्तको खोजीलाई अझै तीव्र पार्ने

बुधबार, १३ माघ २०७२, ११ : ०७
बुधबार, १३ माघ २०७२

बर्दिया–बर्दिया राष्ट्रिय निकुञ्जले चोरी–सिकार नियन्त्रण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने भएको छ ।

निकुञ्जले नेपाल प्रहरी, प्रशासन, नेपाली सेना, जिल्ला वन, समुदाय र युवा समितिसँगको संयुक्त सहकार्यमा सो कार्यलाई अझ प्रभावकारी बनाउन लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।

यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जबाट गैँडा, हात्ती, बाघलगायत ठूला र अन्य ससाना जनावरको चोरी–सिकार गरी फरार अभियुक्तको खोजी कार्यलाई पनि तीव्र बनाइने निकुञ्जले जनाएको छ । निकुञ्जमा विभिन्न मुद्दा लागी फरार रहेका १५५ जनालाई तत्काल खोजी गरी आवश्यक कारबाही गरिने संरक्षण अधिकृत थापाले बताए ।

निकुञ्जमा विभिन्न मुद्दा लागेका २३६ मध्ये ८१ जनालाई निकुञ्जले पक्राउ गरी ऐननियमबमोजिम कारबाही गरिसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप