आगलागीबाट एकको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, १३ माघ २०७२, ११ : २१
बैतडी–बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय देवल निवासी ४६ वर्षीया पे्रमबहादुर खड्का रहेका छन् ।
गएराति १०ः३० बजेतिर आफ्नै तीनतले कच्ची घरमा आगो लाग्दा खड्काको घटनास्थलमा नै जलेर मृत्यु भएको हो ।
उहाँकी ४३ वर्षीया श्रीमती उजेली खड्का र २४ वर्षीया बुहारी गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख देवेन्द्रकुमार मल्लले जानकारी दिए । अत्यधिक मादकपदार्थ सेवन गरी चुरोट सेवन गरिरहेका बेला घरमा आगो सल्केको बताइएको छ ।
घाइतेको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । करिब दुई घन्टापछि आगो नियन्त्रणमा आए पनि आगलागीबाट करिब रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण