आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधन महासचिव मुनद्वारा स्वागत

बुधबार, १३ माघ २०७२, ११ : ४९
बुधबार, १३ माघ २०७२

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको व्यवस्थापिका संसद्ले पास गरेको पहिलो संशोधन विधेयकको स्वागत गरेका छन् । उनले पछिल्लो सकारात्मक घटनाक्रमले सीमा अवरोध खुकुलो हुनेमा पनि विश्वास गरेका छन् । मंगलबार मुनका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘महासचिव मुनले संविधान संशोधन गर्ने संसदको कार्यलाई संविधानिक बाटोबाट मतभेद अन्त्य गर्ने महत्वपूर्ण कदमको रुपमा स्वागत गर्नुभएको छ ।’ ‘वहाँले पछिल्लो सकारात्मक घटनाक्रमले नेपालको सीमामा आपूर्ति सहज बनाउन सहयोग गर्ने र अतिआवश्यक पुनर्निर्माण र अन्य आवश्यकताहरुलाई सम्बोधन गर्न ध्यान केन्द्रीयत गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्ति गर्नुभएको छ,’ डुजारिकले थपे । मुनले सबै पार्टीहरुलाई अधिक लचकताका साथ बाँकी मुद्दाहरु संवादको माध्यमबाट समाधान गर्न पनि आग्रह गरेको डुजारिकले बताए । संविधान संशोधनपछि उक्त कदमलाई चीनले स्वागत गरिसकेको छ भने भारतले पनि त्यसलाई सकारात्मक कदमका रुपमा उल्लेख गरिसकेको छ । तर, आन्दोलनरत मधेसी मोर्चाले भने संविधान संशोधन अपुरो रहेको भन्दै विरोध गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप