हृदयेशले प्रचण्डलाई भने, ‘संविधान संशोधनमै रमाएर नबस्नु होला’
काठमाडौं – संविधान संशोधनले मधेस आन्दोलनको मागहरु पूरा भइनसकेको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले एमाओवादी अध्यक्ष प्रचण्डलाई त्यसैमा मात्र रमाएर नबस्न आग्रह गरेका छन् । मोर्चाले प्रस्तुत गरेको ११ बुँदे माग अझै पूरा भइनसकेको भन्दै संविधान संशोधनपछि सरकार र आन्दोलनरत दलहरुबीच संवादहिनता बढेकोमा त्रिपाठीले चिन्ता व्यक्त गरे । प्रचण्ड र त्रिपाठीबीच बुधबार अपरान्ह प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो । छलफलका क्रममा त्रिपाठीले सरकार संविधान संशोधन भएपछि मधेसको सबै माग पूरा भयो भनेर प्रचार गर्दै रमाउँदै बसिरहेको तर, स्थिति त्यस्तो नरहेको कुरा प्रचण्डसमक्ष राखेका थिए । ‘संविधान संशोधन हामीले अस्वीकार गरेको अवस्था हो । हाम्रा ११ बुँदे मागहरु अझै पूरा भएका छैनन् । तपाईं वर्तमान सरकारको प्रमुख हिस्सा हुनुहुन्छ । के अब यो संवादहिनतालाई कायम राख्ने हो ?,’ त्रिपाठीले प्रचण्डसमक्ष प्रश्न गरेका थिए । त्यस्तै, त्रिपाठीले अहिलेको संवादहिनतालाई अन्त्य गर्दै चाँडोभन्दा चाँडो वर्तमान गतिरोधलाई अन्त्य गर्नका लागि आग्रह समेत गरे । जवाफमा प्रचण्डले महन्थ ठाकुर दिल्लीबाट फर्कने बित्तिकै वहाँसँग छलफल गरेर बाँकी विषय पनि टुंगाउने बताएका थिए । प्रचण्डले राजनीतिक समिति बनाएर सिमांकनको विषयमा पनि टुंगोमा पुग्ने विश्वास व्यत्तः गरेका थिए । त्रिपाठीका अनुसार ठाकुर भारतबाट भोली काठमाडौं आउनेछन् । त्यस्तै, लामो समयदेखि सीमा अवरोधका कारण जनता दुःख र कष्ट सहन बाध्य भएको भन्दै प्रचण्डले सीमा अवरोध हटाउन मोर्चासँग आग्रह गरेका थिए । प्रचण्डको आग्रहपछि त्रिपाठीले मधेसको माग पूरा नभएसम्म आन्दोलनको स्वरुप परिवर्तन गर्न नसकिने जवाफ दिएका थिए । ‘चाँडोभन्दा चाँडो विवादीत विषय टुंग्याऔं, सीमा अवरोध मात्र होइन, आन्दोलन पनि रोकिन्छ,’ त्रिपाठीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण