अर्को वर्षदेखि किसानलाई पेन्सन
काठमाडौ – कृषि विकास मन्त्रालयले घोषणा गरेको किसानका लागि पेन्सन कार्यक्रम अर्को वर्ष देखि कार्यान्वयन हुने भएको छ । निर्देशिका निर्माण र किसान आयोग गठनको तयारी भैरहेकोले यो वर्ष आन्तरीक तयारी पूरा गरी अर्को वर्षदेखि पेन्सन कार्यक्रम शुरु गरिने मन्त्रालयले जनाएको छ । ‘यो वर्ष आन्तरीक तैयारीको काम गर्नुपर्ने भएकोले अर्को आर्थिक वर्षबाट यो किसानलाई पेन्सन दिने कार्यक्रम शुरु गर्ने छौँ,’ कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराीईले भने । र्तमान कृषिमन्त्री हरीबोल प्रसाद गजुरेल कृषि मन्त्री भएपछि आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै किसान पेन्सन कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका थिए । किसान पेन्सन कार्यक्रमका लागि पेन्सन निर्देशिका बनाउने र आयोग गठनको तैयारी भैरहेको कृषि विकास मन्त्रालयले जनाएको छ । पेन्सनका लागि आयोगको भूमिका पनि महत्वपूर्ण हुने भएकोले पहिला आयोग गठनको प्रकृयामा लागेको उनको भनाई छ । ‘कृषि विकास रणनीतिमा पनि आयोको भूमिका महत्वपूर्ण हुने भएकोले यसलाई प्राथमिकतामा राखिएको हो’ उनले भने । उनले निर्देशिका बनाउने तयारी अन्तिम चरणमा पुगेको र आयोग गठनको काम पनि भैरहेको सचिव भट्टराईले बताए । ‘पेन्सनका लागि निर्देशिका बनाउने आन्तरीक तयारी भईरहेको छ’ उनले भने ‘आयोग गठनको सन्दर्भमा ऐनबाट ल्याउन ढिला हुने भएकोले गठन आदेशमा क्याविनेटको निर्णय गराउने तयारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण