आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

विकासलाई प्राथमिकता नदिँदा राजनीतिक समस्या : भारतीय राजदूत

बुधबार, १३ माघ २०७२, २० : ०७
बुधबार, १३ माघ २०७२

काठमाडौं –भारतीय राजदूत रन्जित रेले जस्तो सुकै परिस्थितिमा पनि नेपाल र भारतको सम्बन्ध नबिग्रने बताएका छन् । नेपाल र भारतबीचको सम्बन्ध केवल सरकारसँग निर्भर सम्बन्ध नभएकाले सम्बन्धमा केही दरार आउँदैमा सम्बन्ध नटुट्ने विश्वास व्यक्त गरे । बुधबार नेपाल भारत मैत्री समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै राजदूत रेले भने, ‘भारत र नेपालको सम्बन्ध प्राकृतिक, सांस्कृतिक, धार्मिक र मानिस मानिसबीचको सम्बन्ध हो । हाम्रो सम्बन्धमा जस्तोसुकै परिस्थिती आएपनि हाम्रो सम्बन्ध हल्लिन सक्दैन् । तर नजिकको सम्बन्धमा केही समस्याहरु तथा गलत बुझाईहरु आउँछन् । यस्तो परिस्थितीमा वार्ता र छलफलले नै गलत बुझाई चिर्दै सम्बन्ध सुधार ल्याउने हो ।’ पछिल्ला दिनमा भारत र नेपालबीच सम्बन्धमा केही दरार आएको बताउँदै यस्तो चुनौती आएपछि समाधान निस्कने र सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । ‘अनि नयाँ जोशका साथ हामी अघि बढ्छौं,’ रेले भने, ‘म नेपालका लागि भारतीय राजदूत मात्रै होइन नेपालका मित्र पनि हुँ । पछिल्लो २० वर्षदेखी मेरो व्यक्तिगत सम्बन्ध नेपालसँग जोडिएको छ ।’ राजदूत रेले विकासको एजेन्डालाई मुख्य केन्द्रमा नराख्दा राजनीतिक समस्या धेरै उत्पन्न भएको बताए । ‘यदी हामी विकासको एजेन्डामा केन्द्रित हुने हो भने राजनीतिक साधारण समस्याहरु उसै सामाधान भएर जान्छन् । विकास धेरै राजनीतिक समस्याको समाधान हो,’ रेले भने । नेपालमा जलस्रोतको ठूलो संभावना रहेको बताउँदै यसको संयुक्त रुपमा उपयोग गर्नुपर्ने रेले धारणा राखे । ‘हामी ६ दशकदेखि यही विषयमा कुराकानी गर्दैछौं तर काम अघि बढेको छैन । हामी कुनै कुरा तपाईको पक्षबाट र कुनै कुरा हाम्रो पक्षबाट गर्दैछौ । तर हामीले यसलाई दुबैको फाइदामा किन उपयोग नगर्ने ?,’ रे भने भने । सम्झौता गदै वर्षौ बिताउने तर कार्यान्वयन नगर्दा दुबै देशलाई घाटा हुने उनले बताए । ‘भारतले नेपालमा के चाहन्छ भनेर सबैले सोध्छन् । तर भारत त यही चाहन्छ कि नेपालमा शान्ति होस्, विकास होस्,’ उनले भने, ‘नेपालमा देखिएका समस्या मिलेर समाधान गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप