आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सरकारको योजना : एक वर्षमा अण्डा, दुई वर्षमा मासु र तीन वर्षमा दुधमा आत्मनिर्भर

बुधबार, १३ माघ २०७२, २० : ०७
बुधबार, १३ माघ २०७२

काठमाडौं – नवगठित पशुविकाश मन्त्रालयले तीनवर्षभित्र पशुजन्य उत्पादनका सबै पदार्थमा आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरेको छ । मन्त्रालयले ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै एक यस्तो योजना सार्वजनिक गरेको हो । ‘नेपाललाई अण्डा, मासु र दुधमा क्रमशः एक दुई र तिनबर्षभित्रमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउन कार्यक्रम ल्याईने छ’ पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले भनिन् ‘यसका लागि यथार्थपरक र तथ्यमा आधारीत उपलब्धताका आधारमा प्रादेशिक क्षेत्रहरलाई क्रमशः पशुजन्य पदार्थमा आत्मनिर्भर क्षेत्र घोषणा गर्दै लगिने छ ।’ उनले यूवाहरुलाई विदेश जानबाट रोकी देशमै रोजगारी सिर्जना गर्न र देशमा आयात प्रतिस्थापन गर्न यस्तो योजना ल्याईएको बताईन् । ‘मन्त्रालयका योजनाहरु महत्वाकाँक्षी भएपनि सपना नदेखिकन काम गर्न सकिँदैन ’ उनले भनिन् ‘आज हामीले राम्रो जग बसायौँ भने भोली आएर काम गर्नेलाई पनि सजिलो हुन्छ ।’ मन्त्रालयले पशुस्वास्य उपचारलाई मध्यनजर गरी त्रिपुरेश्वरको पशुचिकित्सालयलाई आधुनिकरण गरी भेटेरेनरी टिचिङ्ग अस्पत्ताल बनाउने, कम्तिमा एक प्रदेश एक नमुना पशु अस्पत्ताल बनाउने, ७५ वटै जिल्लाका पशुसेवा कार्यालयहरुको प्रयोगशाला आधारभूत प्रयोगशालामा स्तरोन्नती गर्ने योजना बनाएको छ । मन्त्रालयले जोखिमपूर्ण काममा संलग्न पशुस्वास्थ्यकर्मीको पनि विमा गर्ने र एम्बुलेन्स सहितको घुम्ति पशुसेवा उपलब्ध गराउने कार्यक्रम पनि सार्वजनिक गरेको छ । प्रत्येक गाविसमा एकजना पशु प्राविधीक रहहनेगरी चालु आर्थिक वर्षमै एक हजार पाँच सय पशुसेवा प्राविधीकहरुको व्यस्था गर्ने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले किसानमैत्री राष्ट्रिय पशुपालन नीति ६ महिनाभित्र कार्यान्वयनमा ल्याईने, पशुपंक्षी सम्बन्धि एने नियमहरुलाई ६ महिनाभित्र प्रकृया सम्पन्न गरी संसदमा पेश गरीने योजना बनाएको छ । त्यस्तै पशुपंक्षीको नश्ल सुधार, पौष्टिकआहारा व्यवस्था गर्ने कार्यक्रम मन्त्रालयको छ । एकवर्षभित्र राष्ट्रिय दुग्ध विकास कार्यक्रम तयार गर्ने, मिल्क होलिडेलाई सदाका लागि अन्त्य गर्ने लगायतका कार्यक्रम पनि बनाएको छ । प्रतिवद्धता सार्वजनिकीकरण कार्यक्रममा पशु्पँक्षी विकास राज्यमन्त्री नरदेवि पुनले वास्तविक किसानलाई गोठालाको रुपमा नभई मालिकको रुपमा स्थापित गर्न यस्तो कार्यक्रम ल्याईएको बताईन् । उनले पशुजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि उत्पादन मात्र नभई बजार ब्यवस्थापनको काम पनि गर्ने योजना रहेको बताईन् । कृषि सचिव कृष्णचन्द्र पौडेलले मन्त्रालय गठन भएपछि चार विकास क्षेत्रमा पुगेर पशुपंक्षिको अहिलेको अवस्थाको बारेमा अध्ययन गरी यस्तो कार्यक्रम बनाईएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप