प्रिमियर लिगमा फर्किए लिभरपुलमा मात्र फर्कन्छु : सुवारेज
बार्सिलोना – लिभरपुल छाडेको दुई वर्षपछि लुईस सुआरेजले क्लब फर्कन सक्ने संकेत गरेका छन् । सन् २०१४ मा लिभरपुल छाडेर बार्सिलोना आएपछि सुआरेजले सुरुआती सिजन नै क्लबलाई च्याम्पियन्स लिग, घरेलु लिग र किङस् कप जिताउन महत्वपूर्ण भूमिका खेले । सुआरेजले आफ्नो गतिलो फर्मलाई यस सिजन पनि निरन्तरता दिएका छन् । उनले बार्सिलोनाबाट अहिलेसम्म खेलेका २४ खेलमा २३ गोल गरिसकेका छन् । डेली मेलका अनुसार सुआरेजले कुराकानीका क्रममा इंलिस प्रिमियर लिग फर्कन सक्ने बताएका छन् । तर इंलिस प्रिमियर लिगमा फर्किएको खण्डमा लिभरपुलबाहेक अन्य क्लबबाट नखेल्ने उनले ईएसपिएनसँगको अन्तरवार्ताका क्रममा बताए । ‘भविष्यमा के हुन्छ थाहा छैन् । तर यदी इङल्याण्ड फर्किए भने लिभरपुलकै लागि मात्रै खेल्नेछु,’ सुआरेजले भनेका छन् । लिभरपुलमा सुआरेज समर्थकमाझ निकै चर्चित छन् । ‘मैले एनफिल्डका समर्थकहरुलाई मिस गरिरहेको छु । त्यहाँको वातावरण अचम्मैको छ । लिभरपुलबाट खेल्ने सबैलाई त्यहाँको वातावरणको सम्झना आउँछ होला । लिभरपुलका समर्थक सधैँ मेरो हृदयमा छन् ।’– उनले भनेका छन् । लिभरपुलमा ३ वर्ष बिताउने क्रममा उनले डेनियल स्टरिज र रहिम स्ट्रलिङसँग मिलेर आक्रामक फुटबल पस्केका थिए । उनले लिभरपुलबाट सबैखाले प्रतियोगितामा ८४ गोल गरे । सन् २०१४ को विश्वकपपछि उनी बार्सिलोना स्थानान्तरण भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण