आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नेपालको समृद्धिका लागि भारतसँग सहकार्य आवश्यक : डा. भट्टराई

बुधबार, १३ माघ २०७२, २० : ३३
बुधबार, १३ माघ २०७२

काठमाडौं – नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले देशमा दिगो विकासका लागी भारतसँग सहकार्य गर्नुको विकल्प नरहेको बताएका छन् । ६७ औं गणतन्त्र दिवसको अबसरमा नेपाल भारत मैत्री समाजले सोल्टी होटलमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दैे भारतसंग गरेको पुराना सन्धी सम्झौताहरु परिमार्जित गर्दै विश्वासिलो असल छिमेकी बन्नुपर्ने बताए । ‘देशलाई विकाशमा लैजान भारतलाई असल छिमेकीको रुपमा हेरेर भारतलाई सहयात्री बनेर मात्रै फाईदा पुग्न सक्छ,’ उनले भने ।

कार्यक्रममा मधेशी मोर्चाका तर्फबाट बोल्द महेन्द्रराय यादब सरकारले आफ्ना मागहरुलाई गभ्भिरताका साथ नलिएर दमान गर्ने नीति ल्याएको आरोप लगाए । उनले भने, ‘मधेशी जनताले न्यायका लागी गरेको नाकाबन्दीलाई सरकारले उल्टै भारतले गरेको नाकाबन्दी भनेर जनतालाई भ्रम सिर्जना गरेको छ ।’ मधेशका जनताले छुट्टै देशमा नमागेको तर बर्षोंदेखि राज्यले गरेको विभेद अन्त्य गर्नका लागि आन्दोलन गरेको बताए । उनले भने, ‘काठमाडौंले मधेशी जनताहरुलाई सम्मान हक अधिकार देउ भनेको मात्रै हो ।’ भारतबाट कुनै हालतमा नाबाबन्दी नभएको दोहोराउँदै उनले भारत सँधै असल छिमेकी रुपमा रहेको बताए । ‘मधेशी मार्चाले कुनै हालतमा देश टुक्राएर भारतमा मिलाउने खेलमा खेलेको छैन । तर सबै जनतालाई सरकारले उल्टै भ्रम छरेको छ,’ उनले भने, ‘हामीले राखेका मागहरुले देशको राष्ट्रियतामा कुनै असर गर्दैन ।

सोही कार्यक्रमा भारतिय राजदुत रन्जीत रे भने, भारत एउटा असल छिमेकी रहेको नेपालमा शान्ति र स्थायित्व चाहेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री सिपी मैनाली बोल्दै घुमाउरो पारामा भारत सरकारले नाकाबन्दी तत्काल खोल्नुको विकल्प नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप