सरकारको प्रगतिबारे धारणा बनाउन एमाओवादी स्थायी समिति र मन्त्रीहरुको बैठक सुरु
काठमाडौं - स्थायी समिति सदस्यहरु र पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सुरु भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा बस्न लागेको बैठक मंगलवारदेखि कै निरन्तरता हो । बुधवार काठमाडौंको ठमेलस्थित आर्ट होटलमा बसेको बैठकमा सरकार सञ्चालनका बारेमा छलफल भएको थियो। मंगलवार सुरु भएको बैठकमा सरकारका कार्य प्रगतिबारे पनि छलफल भईरहेको छ ।
बुधबार आर्कषक मन्त्रालय पाएपनि प्रभावकारी र नतिजा देखिने काम नगरेको भन्दै एकीकृत माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको आलोचना भएको थियो । ठमेलमा बुधवार लंचसहित भएको वैठकमा मन्त्रीहरुले आफुहरुका तर्फबाट काम भैरहेको र केही समयमा नतिजा आउने अमूर्त जवाफ दिएका थिए । ‘आजको वैठकमा मन्त्रीहरुबाट र स्थायी समिति सदस्यले आफ्ना कुरा राख्ने काम भयो । मन्त्रीहरुले आफ्नो कार्य विवरण सुनाए । हामीले ठिकै छ । भएको भैहाल्यो । नभएको के हो ? किन भएन ? हुनपर्ने र गर्नुपर्ने काम के हुन ? भएको कुरा बाहिर जनताले किन देखेनन् ? जनताले नदेख्ने खालको कुरा कस्तो काम हुँदैछ ? भनेर हामीले सोध्यौँ’ स्थायी समिति सदस्य लोकेन्द्र विष्टले रातोपाटीसँग भने । जवाफमा मन्त्रीहरुले हाईहाई हुने काम गर्न नसकिए र साना साना काम भएको बताएको नेता विष्टले बताए । मन्त्रीहरुले केही समयपछि देखिने काम हुने बताएको पनि मन्त्री विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण