खुला आकाश मुन्तिरको एउटा पाठशाला (फोटोफिचर)
काठमाडौं – धादिङ्ग गल्छीबाट त्रिशुली नदी किनारै किनार अघि बढ्दा खड्गभञ्ज्याङ्गनजिकै एउटा माझी बस्ती भेटिन्छ, जुन गाँउको नाम मौरीटार हो । यही मौरीटार जहा गरिव माझीका छोराछोरी पढ्ने एउटा पाठाशाला छ – चण्डी निम्न माध्यामिक विद्यालय । चण्डी निम्न माध्यामिक विद्यालय हेर्दा यहाँको माझी बस्तीभन्दा अझैं गरिव झैं लाग्छ ।
यो विद्यालयका विद्यार्थीहरु हरेक दिन खुला आकाशको छानोमुनि बसेर पढ्छन् । विद्यायलको अस्थायी भवन भए पनि न यसले घाम छेक्छ न त पानी नै । यहाँ नाम मात्रको एउटा भवन छ । बाँसको मान्द्रोले कसेर बनाइएका यहाँका अस्थायी कक्षा कोठाहरु बर्खे पानीको बाछिटाले कुहिएर बिग्रिसके । त्यसैले आजकल हरेक कक्षा कोठा पारदर्शी भएका छन् ।
बैशाख १२ गते आएको महाभूकम्पको चपेटामा परेर मौरीटारको चण्डी माध्यामिक विद्यालय भत्कियो । जनश्रमदानबाट निर्मित अस्थायी भवन पनि काम नलाग्ने भएको छ । विद्यार्थीहरु खेल्ने यस विद्यालयको चौरमा अहिले साना साना बालबालिकाहरुको कक्षाकोठा बनेको छ । जाडेमा चिसो सिरेटोले लुगलुग काम्छन्, बैशाख– जेठको चर्को घाममा पसिनाले चुलुम्म डुव्छन् भने बर्षे झरिमा विद्यार्थीहरुलाई पानीको बाछिटाले लपक्कै भिजाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण