आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दी हटेपनि नेपालको मंहगी घट्ने स्थिति छैन : विश्वम्भर प्याकुरेल

बिहीबार, १४ माघ २०७२, १४ : ४७
बिहीबार, १४ माघ २०७२

काठमाडौं – अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले नेपालमा विविध क्षेत्रमा भ्रष्टाचार ब्याप्त भएको भन्दै सामाजिक सुरक्षाको नाममा उठाएको १५ अर्ब सम्बन्धित शिर्षकमा खर्च हुन नसक्नु, ३३ प्रतिसत विदेशी सहायता सरकारलाई थाहौ नभई खर्च हुनु, सम्बन्धीत शिर्षकमा छुट्याएको रकम खर्च हुन नसक्नु जस्ता विषय पनि भ्रष्टाचार भएको दावी गरेका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भ्रष्टाचारले रोकिएको अर्थतन्त्र अघि बढाएपनि कालान्तरमा प्रभाव पार्ने र अर्को लामो समयमा कर प्रणालीमा असर पार्ने दुई थरी मान्यता संसारमा रहेको भन्दै नेपालमा भ्रष्टाचारको अवस्था हाईपर ईन्सुलेसनको अवस्थामा रहेको बताए । उनले भने,‘ नाकाबन्दी हटेपनि नेपालको मंहगी घट्ने स्थिति छैन ।’ उनले अख्तियारलाई सार्वजनिक पद धारणा गरेकोलाई मात्रै दायरामा ल्याउने भएकोले नीजि क्षेत्रमा झनै बढी भ्रष्टाचार हुने गरेकोले दायरलाई फराकिलो बनाउनु पर्नेमा जोड दिए । पूर्व अर्थसचिव रामेश्वर खनालले भ्रष्टाचार समूदायसम्म फैलिदा ब्यापक रुपमा भएको भन्दै अख्तियारको क्षेत्र विस्तार र समाज सुधारमा लाग्नु पर्ने धारणा राखे । उनले भने,‘ दिनेले नदिए लिनेले लिन सक्दैन । त्यसैले पहिला समाजमा सुधार गर्नु पर्छ । आचरणमा सुधार आउन आवश्यक छ ।’ खनालले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा कानूनी अधिकार प्रयाप्त भएकोले कानूनमा समस्या नरहेको तर्क गर्दै राजनीतिक दलहरुले लिने चन्दा पारदर्शि बनाउने र भ्रष्टाचारीलाई फिर्ता बोलाउन सक्नु पर्ने बताए । उनले भने,‘कानूनी रुपमा भारतले ल्याउन लागेको लोकपाल विद्येयक भन्दा बढी कानूी ब्यवस्था नेपालमा छ । त्यसैले राजनीतिमा शुन्य सहनशिलताको नीति लागु गर्न सके भ्रष्टाचार नियन्त्रण हुन्छ । ’ उनले आफू नयाँ शक्तिको नेता नभई नयाँ शक्तिको नीतिको समर्थक मात्रै भएको समेत साक्षात्कारमा स्पष्ट पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप