चितवनमा नयाँ प्रजातीको चरा फेला
चितवन - चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिए ।
नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ । चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ ।
नेपालमा आठसय ८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ । चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । अहिलेको गणनामा चराको सङ्ख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन् ।
यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो ।
गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए । यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण