अनलाइनमा लिक भयो ‘रइस’ र ‘काबिल’
शुक्रबार, १४ माघ २०७३, ११ : ३०
मुम्बई – शाहरुख खान अभिनित चलचित्र रइस अनलाइनमा लिक भएको छ । त्यस्तै, ऋतिक रोशनको नयाँ चलचित्र ‘काबिल’ पनि लिक भएको छ ।
बुधबार रिलिज भएका दुवै चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको छ ।
यस्ता साइटहरुमा पाइने चलचित्रको ‘क्वालिटी’ राम्रो नभएपनि मानिसहरुले पैसा जोगाउन यस्ता चलचित्र डाउनलोड गरेर हेर्ने गरेका छन् ।
यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो ।
त्यस्तै, सुल्तान, माझी द माउन्टेन म्यान र उड्ता पञ्जाव भने चलचित्र रिलिज हुनभन्दा अघि नै लिक भएको थियो ।
यसरी चलचित्रको पाइरेसी बढ्दा उनीहरुको बक्स अफिल कलेक्सनमा असर देखिने जानकारहरु बताउँछन् ।
रइस र काबिलका निर्माताहरुले यसबारे अधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण