बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
शुक्रबार, १४ माघ २०७३, ११ : ५४
बार्सिलोना – म्यान्चेस्टर सिटीका पूर्व खेलाडी डेनिस सुवारेजको दुई गोलको मद्दतले रियल सोसिडाडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो लेगमा ५–२ को जीत निकाल्दै बार्सिलोना कप प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो ।
पहिलो लेगमा १–० को अग्रता बनाएको बार्सिलोनका लागि सुवारेजले खेलको १७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
खेलको दोस्रो हाफमा उनले अर्को गोल थपे भने लियोनेल मेस्सी, लुइस सुवारेज र आड्रा टुरानले एक एक गोल गरे ।
सोसिडाडका लागि जुनामी र विलायन जोसेले एक–एक गोल गरे ।
बार्सिलोनाले प्रतियोगिता किर्तिमानी २८ पटक जितेको छ र यसको सेमिफाइनलमा पुगेको यो लगातार सातौँ सिजन हो ।
रियल म्याड्रिड भने प्रतियोगिताबाट बाहिरिसकेको छ । सेमिफाइनलमा एथ्लेटिको म्याड्रिड, सेल्टा भिगो र आलाभेज पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण