टिकट किनाएर ‘डकुमेन्ट्री शो’ का आयोजक नै गायब
इटहरी - पूर्वाञ्चल लागुऔषध रोकथाम सरोकार केन्द्रको सहयोगार्थ भनि आयोजना गरिएको डकुमेन्ट्री शोमा आयोजक नै नआएपछि आफुहरु ठगिएको भन्दै टिकट खरिदकर्ताहरु आक्रोशित भएका छन् ।
इटहरी स्थित मनशान्त होटलमा बिहिबार साझ तोकिएको समयमा लागुऔषध रोकथामको बिषयमा बनेको दुव्र्यशनीको नतिजा नामक डकुमेन्ट्री शोमा आयोजन नै नआएपछि आफुहरुले खरिद गरेको टिकटबाट ठगिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।
माता पाथिभरा फिल्म प्रा.लिको ब्यानरमा निर्माण गरिएको डकुमेन्ट्री शोमा इटहरीका स्थानिय, व्यवसायी, बिद्यार्थी तथा महिलाहरुले दुई सय, दुई सय पचास, पाँच सय र हजारको टिकट खरिद गरेका थिए । टिकट लिएर डकुमेन्ट्री हेर्न आएका दर्शकहरुले ४ बजे भनिएको शो ६ बजे सम्म पर्खिएका थिए । दुई घण्टासम्म पनि आयोजक नै होटलमा उपस्थित नभएपछि आफुहरु ठगिएको दाबी गरे ।
दुई हप्ता पहिले देखी नै डकुमेन्ट्री शो को लागि भन्दै इटहरीका व्यवसायी, घरघरका गृहणी, चिकित्सक, कलेजका बिद्यार्थीहरुलाई टिकट सहयोगार्थ रकम आयोजकले उठाएका थिए ।
होटल मनशान्तमा आयोजक बिहानसम्म रहेर हलमा कुर्सी र साउण्ड सिस्टम मिलाएका थिए । तर ११ बजे पछि आयोजक नै गायब भएको होटल संञ्चालकले बताए । होटलको गेट अगाडी सादा कागजमा डकुमेन्ट्री शो स्थगित भएको जानकारी सहितको सूचना टाँस गरेका थिए ।
एता आफुहरु ठगिएको भन्दै पूर्वाञ्चल लागुऔषध रोकथाम सरोकार केन्द्रको बिरुद्ध प्रहरीमा उजुरी समेत दिने पिडित दर्शकहरुले बताए । ६० जना पिडित दर्शकहरु आफुहरु पिडित भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा समस्याको जानकारी दिने बताए ।
टिकटमा डकुमेन्ट्रीको मुख्य सहायक निर्देशकमा दिपक अधिकारीको नाम लेखिएको छ । साथै टिकमा भएको नम्बरमा सम्पर्क गर्दा समेत फोन अफ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण