बोनस विधेयकबारे संसदमा अर्थमन्त्रीको जवाफ
शुक्रबार, १४ माघ २०७३, १४ : ५१
काठमाडौँ – व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले आज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताए ।
उनले भने – “जसले नाफा कमाउने हो, त्यसले मात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुदैँन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ।”
विधेयकमाथिको सामान्य छलफलमा सांसद चुडामणि जङ्गली, प्रेम सुवाल, पेम्वा लामाले अर्थमन्त्रीसँग प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण