पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
शुक्रबार, १४ माघ २०७३, १५ : ०१
पाँचथर - पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मे १ त ३६९० नं ट््याक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण