छ वर्षीया बालिकालाई बलात्कारको अभियोगमा एक युवक थुनामा
शुक्रबार, १४ माघ २०७३, १५ : १२
रोल्पा - छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ ।
पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो ।
पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् ।
घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो ।
थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ ।
विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण