गायक प्रकाश ओझा पक्राउ, दश बर्षका लागी जेल चलान
काठमाडौं– चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागी जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार भएका ओझालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशले ओझालाई कैद भुक्तानका लागी केन्द्रिय कारागार सुन्धारा पठाईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।
साथै पिडितहरुलाई थाहै नदिर्इं यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेच विखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरेको फैसला उल्टाएको थियो ।
अदालतको फैसलापछि उनी लुकीछिपी गीत रेकर्डिङ गर्दै आएका थिए ।
ओझाले गाएको ‘बाहुले बिहे गर्देनन् पोहोर पनि, भत्काइदिन्छु बाख्राको खोर पनि’, 'सोल्टिनी नानी' लगायत बोलका गीत निकै चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण