सहिद दिवसमा 'इतिहासमै ठूलो' राष्ट्रिय झन्डा सार्वजनिक गरिने
काठमाडौँ - सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरे ।
“करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलामा फहराइने छ,” ढुङ्गानाले भने ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघर मण्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण