मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन जलाउने
काठमाडौँ – संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको छ ।
मोर्चाको शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
आज बसेको बैठकले आगामी माघ २३ गते तराईका जिल्लाहरुको सदरमुकाममा आयोगले बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
उनले भने, ‘यो प्रतिवेदन अपुरो र अधुरो छ । यो हामीलाई मान्य छैन । त्यही भएर यसको विरोध स्वरुप हामीले उक्त प्रतिवदेन जलाउने निर्णय गरेका हौँ ।’
बैठकले यसबीच पनि सहमतिको प्रयासलाई भने जारी राख्ने बताउँदै छलफल र वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ । ।
आजको बैठकमा सरकारले गरिरहेको निर्वाचन घोषणाको तयारी, संशोधन विधेयकलगायत विषयमा छलफल भएको थियो ।
सरकारले निर्वाचन घोषणा गरे कसरी अघि बढ्ने र कस्तो रणनीति अख्तियार गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी नेताहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण