घाँस काट्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु
चितवन - चितवनको रत्ननगरस्थित सौराहामा गैँडाको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका– १९ स्थित जनकौली वनमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज दिउँसो करिब १.३० बजे स्थानीय सामुदायिक वनभित्र गैँडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिए ।
अहिले जङ्गलमा शवको मुचुलका उठाउन प्रहरी टोली जङ्गल पुगेको उनले बताए। पाँच जनाको समूहमा घाँस काट्न गएका बेला उक्त घटना भएको र एकजना सामान्य घाइते भए पनि अरु सकुशल रहेको स्थानीयवासी शीरलाल परियारले जानकारी दिए।
चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ । अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण