राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित
काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।
वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताए ।
नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए ।
संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक आज १४ः३० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण