ट्रम्पलाई बेलायत आउनबाट रोक्न अभियान
लण्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायतको महारानीसँग हात मिलाउनबाट रोक्न बेलायती वकिल ग्राहम गेस्टको याचिकाप्रति हप्तौँसम्म कसैले चाँसो दिएका थिएनन् ।
नोभेम्बरको अन्त्यमा बेलायतको सरकार र संसद्को वेवसाइटमा दर्ता गरिएको याचिकामा मात्र ३७२ जनाको हस्ताक्षर थियो ।
तर, जब राष्ट्रपति ट्रम्पले ७ वटा मुस्लिम बाहुल्यता भएको देशबाट आप्रवासीहरुलाई रोक्ने तथा शरणार्थी कार्यक्रमलाई निलम्बन गर्ने निर्णयबारे समाचार फैलियो, यो याचिकामा हस्ताक्षर गर्नेको संख्या १० लाख पुग्न लागेको छ ।
नियम अनुसार १० लाख हस्ताक्षर पुगे यो संसद्मा छलफल हुनका लागि योग्य हुनेछ । तर, त्यो हुन्छ या हुँदैन भन्ने ग्यारेन्टी भने छैन ।
लिड्सका वासिन्दा आफ्नो याचिका यति चर्चित बनेकोमा दंग छन् ।
‘सायद ट्रम्पको प्रतिबन्धले मानिसहरु आक्रोशित बनेका छन् । त्यही भएर उनीहरु ट्रम्पलाई आफै अरुको देशमा प्रतिबन्धित हुँदा कस्तो महसुस हुन्छ भन्ने स्वाद चखाउन चाहन्छन्,’ उनले भने ।
बेलायती कुटनीतिज्ञहरुले ट्रम्पको निर्देशनको विरोध गरिरहेका छन् । दबाबमा परेपछि प्रधानमन्त्री थेरेसा मेले आइतबार आफूहरु यस्तो दृष्टिकोणमा सहमत हुन नसक्ने बताउँदै यो मामिलामा अमेरिकाले आफै निर्णय गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण