हिमपहिरोमा परी कम्तीमा सातको मृत्यु
सोमबार, १७ माघ २०७३, १७ : ४६
ताजिकिस्तान, । मध्य एसियाली राष्ट्र ताजिकिस्तानको पहाडी इलाकामा शृङ्खलाबद्ध रुपमा गएको हिमपहिरोमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।
ताजिकिस्तानको राजधानी डुशान्बे र खुजान्द सरहको जोड्ने राजमार्गमा गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सङ्कटकालीन सेवा समितिले जानकारी दिएको छ ।
त्यसैगरी देशको पूर्वी भागमा पर्ने दुर्गम इलाका पामिर क्षेत्रमा गएको हिमपहिरोमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।
उद्धारकार्य जारी रहेको तर हताहत व्यक्तिको सङ्ख्या लगातार बढी रहेको बताइएको छ । सङ्कटकालीन सेवा समितिका प्रवक्ताले एएफपी समाचार समितिलाई जनाए अनुसार सो इलाकाबाट करिब ८ सय व्यक्तिलाई सारेर सुरक्षित स्थानमा लगिएको छ ।
ताजिकिस्तानको पूर्वी भागमा पर्ने इलाकामा सन् २०१५ को फेब्रुअरीमा गएको हिमपहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण