ने.वि.संघका नेता अखिल क्रान्तिकारीमा
सोमबार, १७ माघ २०७३, १८ : ३७
गुल्मी – नेपाली काङग्रेस क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधी तथा श्रीङगेश्वर वहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र बहादुर वि.क अनेरास्ववियू (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।
स्ववियू चुनाको प्रचार प्रसार चलिरहेको बेला विक क्रान्तिकारीमा प्रवेश गरेका हुन् । उनीसहित उक्त क्याम्पसका एक दर्जन विद्यार्थीहरु अखिल क्रान्तिकारीमा प्रवेश गरेको क्रान्तिकारीका केन्द्रिय सदस्य तथा प्रदेश न. ५ का सहसंयोजक यदु ज्ञवालीले बताएका छन् ।
ज्ञवालीले नेता वि.क.सहितका नवप्रवेशी लाई फुल माला तथा अविर लगाएर संगठनमा प्रवेश गराएका थिए । संगठनमा प्रवेशपछि कार्यक्रममा वोल्दै नेता वि.क ले गरिव, दलित तथा उत्पिडित वर्गका लागी लड्ने पार्टी माओवादी (केन्द्र) र विद्यार्थीहरुका लागी अग्रणी स्थानमा रहि नेतृत्व गर्ने संगठन अखिल (क्रान्तिकारी) मात्र भएकोले आफु अखिल क्रान्तिकारीमा प्रवेश गरेको वताएका छन् ।
स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले विद्यार्थी जागरण अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रृङगेश्वर वहुमुखी क्याम्पसमा संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रदेश नं. ५ का सहसंयोजक यदु ज्ञवालीले प्रशिक्षण कार्यक्रममा वोल्दै गरिव तथा सर्वहारा विद्यार्थीका हक हित र अधिकारका लागी सबैलाई अखिल क्रान्तिकारीमा गोलवन्द हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण