मुम्बाई हमलाका मास्टरमाइन्ड पाकिस्तानमा पक्राउ
लाहोर – भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मास्टर माइन्ड मानिएका हाफिज सइदलाई हिरासत राख्न पाकिस्तानी अधिकारीहरुले निर्देशन दिएका छन् ।
सन् २००८ मा भएको उक्त आतंकवादी हमलामा १६६ जना मारिएका थिए ।
लस्कर ए ताइबा (एलइटी) नामक प्रतिबन्धित विद्रोही समूहको नेतृत्व गरेका सइदमाथि १ करोड अमेरिकी डलरको इनाम राखिएको थियो । उनी हाल लाहोरस्थित घरमै हिरासतमा रहेका छन् ।
उनले भने उक्त घटनामा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन् ।
तर, नयाँ दिल्ली र वासिङटनले भने सइद नै उक्त घटनाको मास्टरमाइन्ड भएको भएको बताउँदै आएका छन् ।
सइदका प्रवक्ताले अमेरिकाले दबाब दिएपछि पाकिस्तानी सरकार उनलाई हिरासतमा राख्न बाध्य भएको दाबी गरे ।
सइदले जमाद उद दावा नामक परोपकारी संस्था नेतृत्व गर्छन् जसलाई भारत र अमेरिका एलइटीको संरक्षक मान्छन् ।
एलइटीलाई संयुक्त राष्ट्रसंघले आतंकवादी संगठनको रुपमा पहिचान गरेको छ भने सन् २०१५ मा पाकिस्तानले पनि यसलाई आतंकवादीको सूचीमा रहेको थियो ।
सइद खुल्लमखुल्ला पाकिस्तानमा हिँडिरहेको कारण नै दिल्ली र इस्लामाबादबीच लामो समयदेखि कटु सम्बन्ध रहँदै आएको थियो । अहिले आएर किन पाकिस्तानले यस्तो निर्णय लियो भन्ने कुरा अझै यकिन भएको छैन ।
सन् २००८ मा भएको हमला पछि पनि उनलाई ६ महिना घरमा नै हिरासतमा राखिएको थियो । तर ६ महिनापछि उनलाई रिहा गरिएको थियो ।
पाकिस्तानले उनीमाथि मुद्दा चलाउन वा भारतलाई हस्तान्तरण गर्न आवश्यक प्रमाण नभएको बताएको थियो ।
सन् २००८ को नोभेम्बर ६ मा भएको उक्त हमलामा पाकिस्तानबाट आएका १० जना आतंकवादीले मुम्बाईका विभिन्न स्थानमा बम हमला तथा गोलिबारी गरेको थियो ।
सहरलाई पूर्ण नियन्त्रणमा लिन भारतीय अधिकारीहरुलाई ३ दिन लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण