दुई न्यायाधीशलाई शपथ
मङ्गलबार, १८ माघ २०७३, १७ : ४६
काठमाडौँ - प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका प्रमुखहरु र नेपाल सरकार मुख्य सचिव उपस्थित थिए । न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीशद्वयको नाम सोमबार संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण