सरकारद्वारा कुटनीतिक ब्रिफिङ निकायका प्रमुख र राजदूतलाई ब्रिफिङ
काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका गतिविधिबारे नेपालमा रहेका विभिन्न कुटनीतिक निकायका प्रमुख र राजदुतहरुलाई ब्रिफिङ गरेको छ ।
सरकार गठन भएको ६ महिना पूरा हुन लाग्दा सरकारले आफूले गरेका गतिविधि बारे कुटनीतिक निकायलाई जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयमा मंगलबार भएको कार्यक्रममा परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालको संविधान संसोधन प्रक्रिया र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।
यसैगरी स्थानिय निकायको निर्वाचनको तयारी, भूकम्पपछिको पुननिर्माणका क्रममा भएका कामहरुबारे पनि राजदुतहरुलाई जानकारी दिइएको थियो । त्यस अवसरमा परराष्ट्र मन्त्री महतले संविधानको स्वीकार्यता बढाउन सबै पक्षलाई समेटेर संविधान संसोधन गरेर निर्वाचन गर्ने पक्षमा सरकार रहेको पनि स्पष्ट पारे । मन्त्री महतले सरकारले मधेसी मोर्चाका माग सम्बोधन गरेर संविधान संसोधन गरी चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने पनि बताए ।
छलफलमा नेपालमा विकास बजेट खर्च हुन नसकेको बारेमा दातृ निकायका प्रतिनिधिहरुले चासो लिएका थिए । उनीहरुले भूकम्पपछिको पुनर्निर्माणको काम अपेक्षा अनुसार अघि बढन नसकेकाले बजेट पूर्ण रुपमा नेपाल आउन नसकेकोमो स्पष्टिकरण पनि दिएका थिए । मन्त्री महतले संक्रमणकालीन अवस्थामा रहेको र लामो समयदेखि स्थानिय निकायको निर्वाचन हुन नसकेकाले विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसकेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण