क्यान इन्फोटेक सम्पन्न
काठमाडौँ – सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही माघ १३ गतेदेखि शुरु भएको क्यानको २३ औं संस्करणको प्रर्दशनी मंगलबार सकिएको हो ।
कम्प्युटर एसोसिएसन आफ नेपाल (क्यान) को आयोजनामा हरेक वर्ष हुने मेलामा विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा, विश्वमा प्रचलित नयाँ नयाँ प्रविधि र उपभोक्ता योजना सार्वजनिक गरीएको थियो ।
मेला आयोजकले अपेक्षा भन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको जनाएको छ ।
मेलामा नयाँ प्रविधि, विश्व बजारमा आएका प्रविधिहरुको नयाँ संस्करणको बारेमा अवलोकनकर्ताले अत्याधिक रुची देखाएको क्यानका अध्यक्ष इन्जिनियर बिनोद ढकालले जानकारी दिए । उनले प्रविधि मानिसको दैनिक जीवनको अभिन्न अंग भइसकेकाले मेलामा सबै वर्गका मानिसको रुची र उल्लेख्य सहभागीता भएको बताए।
प्रर्दशनीमा कम्प्युटर हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर डिस्ट्रिव्युसन र इन्टरनेट सेवा प्रदायकहरु सहभागी थिए ।
यस्तै डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङका सुविधा सम्पन्न आधुनिक मोबाइल सेटहरु अवलोकनकर्ताहरुको मुख्य आकर्षणको केन्द्र रहेको आयोजकले जनाएको छ । मेलामा चार लाख अवलोकनकर्ता सहभागि भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण