एयरमार्सल राख्ने समाचार प्रति जनमोर्चाको आपत्ति
मङ्गलबार, १८ माघ २०७३, १० : ५३
काठमाडौँ – भारत सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एयर मार्शल राख्न र नेपाली सेना शान्ति सेनामा भारतको सेनाको मातहतमा जान नेपाललाई दबाव दिएको कुरा संचार माध्यममा आइरहेको प्रति राष्ट्रिय जनमोर्चाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यद्यपि, परराष्ट्र मन्त्रायलले उक्त समाचार यसअघि नै खण्डन गरिसकेको छ ।
पार्टी अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न भारतले पहिलेदेखि प्रयत्न गरेको हो । अहिले नेपाली शान्ति सेना आफ्नो सेनाको मातहतमा पठाउन दबाव दिएको छ । यी दुवै कुरा नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सार्वभौमिकताको लागि गम्भीर खतरनाक कुरा हुन् ।’
‘यति गम्भीर विषयमा सरकार मौन बस्नुलाई हामीले गलत ठान्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उपरोक्त कुराको सत्यतथ्य नेपाली जनता सामु राख्न नेपाल सरकारसँग विशेष आग्रह गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण