चोरी गरिएका मोटरसाइकलसहित भारतीय ललितपुरबाट पक्राउ
मङ्गलबार, १८ माघ २०७३, १० : ०२
ललितपुर – ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० बर्षीय राघवकुमार रजक वैठालाई चोरी गरिएका मोटरसाइकल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर उपमहानगरपालिका–४जावलाखेलमा चेकजाँच गर्नेे क्रममा राघव कुमार वैठा पछाडी सवार रही राजु स्याङ्गतानले चलाएको बा.७८ प ४३२१ नम्वरको मोटरसाईकलको कागजात माग गर्दा देखाउन नसकेकोले शंका लागी सोधपुछ गर्दा उक्त मोटरसाईकल काठमाडौ कपनबाट बा.७४ प ७५८३ नम्वरको मोटरसाईकल चोरी गरी बा. ७८ प ४३२१ नम्वरको नम्बरप्लेटमा परिवर्तन गरी चलाएको पाईएकोले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको गर्दा विभिन्न समय र स्थानबाट चोरी गरी नम्बर प्लेट परिवर्तन गरेको अन्य ४ वटा मोटरसाइकल समेत बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण