त्रिविमा भर्ना खोल्नुपर्ने माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र
मङ्गलबार, १८ माघ २०७३, १९ : १६
काठमाडौँ - शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
त्रिवि शैक्षिक क्यालेन्डरअनुसार माघमा खोल्नुपर्ने स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना हालसम्म नखोलेकाले भर्ना खोल्न माग गर्दै सो ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका सचिवालय सदस्य माधव पन्तले जानकारी दिए ।
त्रिविले स्ववियु निर्वाचनका लागि यहि माघ १५ गतेदेखि त्रिविअन्तर्गतका सबै क्याम्पसको स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्नामा रोक लगाएको छ ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी सङ्गठनका केन्द्रीय नेताहरुसँग छलफल गरेर यस सम्बन्धी आवश्यक निर्णय लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण