कुवेतमा प्रहरी थानामा नेपाली महिलाको मृत्यु, सम्पर्कमा आउन दुताबासको अनुरोध
कुवेत– कुवेतमा एक नेपाली महिलाको प्रहरी थानामा मृत्यु भएको छ ।
कुवेतको साल्मियास्थित प्रहरी थानामा रहेकी श्रीमाया नेपाली नाम गरेकी महिलाको गत जनवरी ३० तारिखमा मृत्यु भएको हो । घरेलु कामदारको रुपमा कुवेत आएकी श्रीमायाको मृत्युको कारण भने अझैसम्म खुलाईएको छैन ।
घरेलु कामदारको रुपमा कार्यरत श्रीमाया घरबाट भागेर बाहिर बस्दै आएकोले कुवेत सरकारको तर्फबाट चेक जाँचको क्रममा पक्राउ परेको हुन सक्ने बताइएको छ ।
उनको मृत्युबारे अनुसन्धान भइरहेकोे नेपाली दूतावास कुवेतका द्दितीय सचिव भोगेन्द्र लिंङदेनले जानकारी दिएका छन् । उनलाई मालिकले (स्पोन्सर) २०१४ मा भगौडा केसको मुद्दा हालेको थियो । फिंगर गर्दा उनको नाम र नेपाली नागरिक भएको खुलेपनि उनको वास्तविक ठेगाना र अन्य विवरण दूताबासमा आइनसकेको लिंङदेनको भनाई छ ।
श्रीमायाको परिवार, आफन्त, उनको ठेगाना कुवेत वा अन्य देशमा रहनु हुने जो कोहि व्यक्तिलाइ जानकारी भए नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर सहयोग गरिदिनु हुन नेपाली दुताबास कुवेतले नेपाली समुदायलाइ अनुरोध गरेको छ । मृतक श्रीमायाको शव मुबारक अलकबिर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण