गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा
उदयपुर - गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ ।
पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको स्थानीय केदारप्रसाद रेग्मीको गुनासो छ ।
पुलको २० मिटर क्षेत्रफल आसपासमा अहिले रात्रिको समयमा गिट्टी तथा बालुवा उत्खनन गरेर निकाल्दा पुलका पिलरमा असर पर्ने अर्का स्थानीय देवीदत्त तिमलसिनाको भनाइ छ ।
पुलका आसपास ठूलाठूला खाल्डा पर्न थालेकाल पुल भासिन सक्ने अवस्था रहेको पनि उनी बताउँछन् ।
तीन महिनादेखि संवेदनशील स्थानमा अवैधरुपले गिट्टी तथा बालुवा झिक्ने कार्य भइरहँदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएको छैन ।
समयमै अबैध उत्खनन नियन्त्रण नभए बरुवा पुल उच्च जोखिममा पर्ने अवस्था रहेको पनि स्थानीयबासी बताउँछन् । डेढ वर्ष अघिमात्र उद्घाटन गरेर सञ्चालनमा आएको दुईसय २१ मिटर लम्बाइ तथा नौ वटा पिलर रहेको सो पुल उदयपुरमध्येकै सबैभन्दा ठूलो पुल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण