बैशाखबाट अत्याधुनिक नम्बर प्लेट राख्ने तयारी : चोरी वा हराए पहिचान गर्न सहज हुने
काठमाडौँ – सरकारले बैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बरप्लेट जडान गर्ने भएको छ । यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो ।
‘आगामी बैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुन्छ’ यातायात व्यवस्था विभागका शाखा अधिकृत डा. टोकराज पाण्डेले भने ‘ अत्याधुनिक नम्बर प्लेटको जडानबाट सवारी साधनको पहिचान गर्न सजिलो हुन्छ, सवारी साधनको चोरी भए वा हराए पहिचान गर्न पनि सहज हुनेछ ।’
अत्याधुनिक नम्बर प्लेट बनाउने कामलाई तीव्रता दिइएको पनि विभागले जनाएको छ । ठेक्का प्रक्रिया पुरा गरी काम अघि बढाइएको विभागले जानकारी गराएको हो
। विभागले सवारी साधन हराउने र चोरी हुने सम्भावना बढदै गएपछि ती समस्या समाधानका लागि सवारी साधनमा अत्याधुनिक नम्वर प्लेट राख्ने योजना अघि बढाएको हो । सवारी साधनको व्यवस्थापनमा अत्याधुनिक नम्बर प्लेटले पनि सघाउ पु¥याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण